बाँके । राप्ती पिडित कृषि सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा तथा सामाजिक लेखाजोखा कार्यक्रम आज सम्पन्न भएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ को सिधनवामा सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष हिम कुमारी थारुले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष थारुले सहकारीलाई सुदृण बनाउदै विभिन्न सिपमुलक कार्यक्रम सञ्चलान गर्नुपर्ने भन्दै स्थानीय सरकारका तर्फबाट सहयोग गर्ने पनि बताउनुभयो ।
संस्थाको अहिलेसम्मको कारोबार १९ लाख ९६ हजार ६ सय ९१ रहेको अध्यक्ष थारुले जानकारी दिनुभयो । १७३ जना शेयर सदस्य आवद्ध संस्थामा हालसम्म १४ लाख ७५ हजार ३ सय १४ ऋण लगानी भएको छ ।
आर्थीक वर्ष ७७ /७८ मा ७० हजार ७ सय सेयर पुँची वृद्धि भएको छ । त्यसैगरी आगामी वर्षमा ५ लाख शेयर पुँजी वृद्धि गर्ने र ३ सय शेयर सदस्य वृद्धि गर्ने संस्थाको लक्ष्य रहेको छ ।
त्यसैगरी संस्थामा आवद्ध मुत्त कमलहरीलाई सिपमुलक र आयमूलक कार्यक्रमहरु संचालन गदै स्वरोजगार बनाउने लक्ष्य रहेको अध्यक्ष थारुको भनाई छ ।
वडा नम्बर ६ का वडा अध्यक्ष जनक बहादुर थारुको प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्ला सहकारी संघका प्रतिनिधि सन्तोष चौधरी अतिथिका रुपमा रहनुभएको थियो ।
।