सूचनाको शक्ति - The Power Of Information

        

देउवालाई निधीको आग्रहः रामचन्द्रजीलाई सभापति छाडिदिनुस्, सर्वसम्मत गरौं

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सभापतिमा दाबी गर्दै आएका नेता विमलेन्द्र निधिले रामचन्द्र पौडेललाई सभापति स्वीकार गर्न प्रकाशमान सिहं र शेखर कोइराला तयार भए आफूले पनि सर्मथन गर्ने बताएका छन् ।

सभापतिमा दाबी गदै प्रचारलाई तीव्र बनाएका निधिले अकास्मात गरेको नयाँ प्रस्तावले कांग्रेस राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ ।

आज चितवन काठमाडौं प्रजातान्त्रिक मन्चले महाधिवेशन प्रतिनिधिसँग जावलाखेलमा गरेको कार्यक्रममा निधिले देउवाले पौडेललाई सभापति समर्थन गरे आफू पनि बाधक नबन्ने बताए। निधिले भने, ‘यदि पौडेलजीलाई सर्वसम्मत स्वीकार गर्ने हो भने म दाबी छोड्छु ।’

रामचन्द्रका लागि मैदान खाली गर्ने बताएका उनले अरु उम्मेदवार कायम रहे आफ्नो पनि उम्मेदवारी कायम रहने बताए ।

बिहीबार कांग्रेस केन्द्रीय समिति बैठकमा पौडेल उपस्थित नभएपछि निधि र पौडेलबीच फोनमा कुरा भएको थियो।

उनले असन्तुष्टि छाडेर बैठक र कार्यक्रमहरूमा उपस्थित हुन पौडेललाई आग्रहसमेत गरे ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार १२:४९