सूचनाको शक्ति - The Power Of Information

        

साइन रेसुंगा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बाँके । साइन रेसुङ्गा बैंकले नेपालगन्जमा रहेको कलेज अफ मेनेजमेण्टका विद्यार्थीलाई वित्तीय एवं डिजिटल साक्षरता सम्बन्धि प्रशिक्षण दिएकोछ ।

बैंकले कलेजका बिबिएसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय एवं डिजिटल साक्षरता सम्बन्धी प्रशिक्षण दिएको बैंकका शाखा प्रबन्धक तेज बहादुर रावलले जानकारी दिए ।

शाखा प्रबधन्क रावलले वित्तीय साक्षरताको आवश्यक्ता, महत्व एवं वित्तीय समावेशीकरण, बैंकिङ्ग विकास र साइन रेसुङ्गा बैंकको संक्षिप्त जानकारीका साथै बैंकले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा जानकारी गराएका थिए ।

उक्त प्रशिक्षणमा कलेजका ५० जना भन्दा बढी विद्यार्थीहरुले प्रशिक्षण पाएका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १६:५६