बझाङ । बीस बर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्लाको जयपृथ्वी नगरपालिका ७ सुवेडा घर भएका बर्ष ३९ वर्षिया प्रकाश रानालाई पक्राउ परेका हुन् ।
उनी धनगढी उपमहानगरपालिका ८ मोतीचोकमा लुकछीपी बस्दै आएको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीसँगको सहकार्यमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो ।
उनी २०६६ साल चैत्र २२ गते जिल्ला अदालत बझाङले २० वर्ष कैद सजाय सुनाएपछी फरार रहेका थिए ।
२०६२ असोज २३ गतेको जयपृथ्वी नगरपालिका ७ सावीक सुवेडा गाबिस ८ ज्वाडाका प्रकाश रानासहित मंगल राना, बिरेन्द्र राना, रामदेवी राना र हिरादेवि रानाले घरेलु हतीयार कुटो, हसीया, बन्चरो प्रयोग गरी निर्मम तरीकाले सोही ठाँउ बस्ने मिन बहादुर भण्डारीको हत्या गरेका थिए ।
उक्त घटनामा संलग्न फरार ब्यक्तिको खोजी भइरहेको भएपनि झण्डै १२ वर्षपछी प्रकास रानालाई पक्राउ गरिएको र अन्यको खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
बिशेष सुचनाको आधारमा जिप्रका कैलालीसँगको समन्वयमा मंसिर २० गते पक्राउ गरि २१ गते जिल्ला अदालत मा पेश गरेको डीएसवी विष्टले बताउनुभयो । उनलाई मंसिर २२ गते कैद भुक्तानका लागी जिल्ला कारागार चलान गरिएको छ ।
।