सूचनाको शक्ति - The Power Of Information

        

पालिका तहका १६ सयभन्दा धरै कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले पालिका तहका १६ सयभन्दा धरै कर्मचारीको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तरपालिका तहमा १६ सय १३ जना कर्मचारीको काज सरुवा गरेको हो ।

पालिकामा कार्यरत कर्मचारीले आफूलाई अपायक भएर मन्त्रालयमा दिएको निवेदनका आधारमा अर्को पालिकामा खटाउने निर्णय गरेको मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

अर्को तहमा जानका लागि निवेदन दिएकाहरूले मापदण्ड भने पूरा गरेको हुनुपर्छ । एक पालिकाबाट अर्को पालिकामा सरुवा हुनका लागि काम गरिरहेको पालिका र जान चाहेको पालिका दुवैको सहमति आवश्यक पर्छ ।

पालिका तहका कर्मचारीहरूको सरुवासम्बन्धी कानुनी व्यवस्थाको अभावका कारण अहिले अन्तरपालिका तह कामकाजमा खटाउने निर्णय भएको स्थानीय तह समन्वय शाखामा कार्यरत चिरञ्जिवी नेपालले जानकारी दिनुभयो ।

नयाँ संविधान जारी भएपछि लोक सेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भइ नियुक्त भएका पालिकाका कर्मचारीहरूलाई मात्रै मन्त्रालयले सरुवा गरेको हो ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलवार १७:५५