बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् ।
जिल्लाको जयपृथ्वी नगरपालिका–३ बाट २८ किलो चरेशसहित पक्राउ परेकी ३४ वर्षीया कल्पना रोकायाले आइतबार जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी कमल प्रसाद चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हिरासतमा अनुसन्धानका लागी राखेका थियौ । आज विहान ११ बजे तिर हिरासतको शौचालयमा हाते रुमालको प्रयोग गरी आत्महत्याएको प्रयास गरेको थाहा भयो ।’
रोकाया मंसिर १४ गते डुङ्ग्री बजारमा रहेको आफ्नै किराना पसलबाट चरेश सहित प्रकाउ परेर अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकि थिन ।
रोकायालाई उपचारको लागी जिल्ला अस्पताल सिमखेतमा पठाएको र आधा घन्टा पछी होस आएको समेत चौधरीले बताउनुभयो ।
।