सूचनाको शक्ति - The Power Of Information

        

ट्याक्टर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

रुकुम । रुकुम पश्चिममा सवारी दुर्घटनामा परी श्रीमानकाे मृत्यु भएकाे छ भने श्रीमती घाइते भएकी छन् ।

आठबीसकोट नगरपालिका-७ औलमा रा १ प ४४१२  नम्बरको ट्याक्टर शुक्रबार बिहान दुर्घटना भएकाे हाे ।

दुर्घटनामा ट्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ । उनकी श्रीमती  सपना विक घाइते भएकी छन् ।
उनको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेकाे नेकपा  (माओवादी केन्द्र) आठबीसकोटका नगर कमिटीका अध्यक्ष रवि केसीले जानकारी दिए ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार ०९:५६