सूचनाको शक्ति - The Power Of Information

        

दाङका युवा वैज्ञानिकले बनाएको अटोमेटिक पम्प कन्ट्रोलर बजारमा


देवी भण्डारी । दाङ । एम ट्रासमिटरबाट आविस्कारको सुरुवात गरेका दाङका युवा वैज्ञानिक मार्सल रोकाले ४७ औं आविष्कारको रुपमा अटोमेटिक पम्प कन्ट्रोलर बजारमा ल्याएका छन् । आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी मेल्टा क्नोलोजिले अटोमेटिक पम्प कन्ट्रोलर बजारमा ल्याएको जानकारी गराएको हो ।
मेल्टा क्नोलोजीको प्रयोगले मोटर जल्ने, विग्रने, अनावश्यक पानी पोखिएर जाने, स्वीच अनअफ गर्न झन्झट नहुने वैज्ञानिक रोकाले जानकारी दिए । त्यस्तै मोटरको आयु ४० प्रतिसतले वृद्धि गर्न सकिने र एकवर्ष वारेन्टी भएको, विद्युत खपत कम गर्ने, घर भवन, स्कुल, होटल, हस्पिटल, कारखाना, कार्यालय लगायतमा सम्पूर्णमा प्रयोग गर्न सकिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । साथै अहिले घोराही र आसपासमा गरेर १५० भन्दाबढी जडान भइसकेको छ ।
घोराही तुल्सीपुर नारायनपुरमा जडान भएका छन् । मेल्टा क्नोलोजीको मुल्य चार हजार ९९९ रहेको छ । हाललाई जडान पनि निशुल्करुपमा गरिएको जानकारी गराइएको थियो । मार्सल रोकाले यो उत्पादन नेपालमा पहिलो भएको पनि दावी गरेका छन् । मेल्टा क्नोलोजीका प्रबन्धक रविनकुमार पोखरेलको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आथित्यतामा पत्रकार सम्मेलन भएको हो । कार्यक्रमको सहजीकरण कम्पनिका सचिव नविन शर्माले गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार ०७:४६