सूचनाको शक्ति - The Power Of Information

        

दशौ महाधिवेशनबाट एमालेमा बाँकेका ५ जना केन्द्रीय सदस्य

बाँके  । चितवनको सौराहमा जारी नेकपा एमालेको १० औ महाधिवेशनबाट केन्द्रीय कमिटीमा बाँकेबाट ५ जना चयन भएका छन् ।

निवर्तमान केन्द्रीय कमिटीका सदस्य मोहम्मद हारुन, महिला नेतृ शान्ति ढकाल र दिपा शर्मा, पुर्व जिल्ला अध्यक्ष सुर्य ढकाल र पशुपति दयाल मिश्र एमालेको केन्द्रीय कमिटीमा चयन भएका हुन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आईतबार राती ३०१ सदस्यीय केन्द्रीय कमिटीको बन्दसत्रमा घोषणा गरेका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार १६:१५