सूचनाको शक्ति - The Power Of Information

        

एमाले महाधिवेशन : घनश्याम भुसालले गराए उपाध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसालले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा नपरेका भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

यस्तै ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता भीम रावलले अध्यक्ष र भीम आर्यले सचिवमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार ०९:३४