सूचनाको शक्ति - The Power Of Information

        

एमाले महाधिवेशन : अध्यक्षमा रावलको उम्मेदवारी दर्ता

चितवन । चितवनमा भइरहेको नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु भएको छ ।

अध्यक्षमा भीम रावलले उम्मेदवारी दर्ता गराउनुभएको छ । हिजै फारम लैजानुभएका उहाँले निर्वाचन प्रक्रिया सुरु भएलगत्तै उम्मेदवारी दर्ता गराउनुभएको हो ।

अहिले बिहान साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । पछिल्लो कार्यतालिकाअनुसार बेलुकी ९ बजेपछि मात्रै मतदान सुरु हुनेछ ।

सहमतिका लागि अध्यक्ष केपी शर्मा ओलीले हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको थियो ।

तर रावलले प्रस्ताव अस्वीकार गरेपछि चुनावी प्रक्रिया सुरु भएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार ०९:०६