सूचनाको शक्ति - The Power Of Information

        

डुडुवामा श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ चल्दै

बाँके । बाँके डुडुवा गाउँपालिका वार्ड नं. ४ सिधनियामा श्रीमदभागवत महापुराण ज्ञान महायज्ञको आयोजना गरिएको छ । स्थानीय शिवशंकर मिश्रको परिवारद्धारा आयोजित ज्ञान महायज्ञमा संगितमय कथा बाचन समेत भईरहेको छ ।

महायज्ञमा भारत आयोध्याका व्यास पण्डित श्री तुलसीराम शास्त्री महाराज जीको मुखारविन्दबाट कथा श्रवण भइरहेको छ । गत मसिंर ८ गते शुरु भएको ज्ञान महायज्ञ मसिंर १५ गते समापन हुनेछ ।

महायज्ञमा मसिंर ७ गते कलश यात्रा, ८ गते कथा प्रारम्भ, ११ गते भगवानको जन्मोत्सव (लावा) र १५ गते पुर्णाहुति एवं ब्राहम्ण भोज तथा भण्डाराको आयोजना गरिएको आयोजक मिश्रले बताए । उनका अनुसार दैनिक कथा सुन्नका लागि गाउँ आसपासका श्रद्धालुहरुको भिड लाग्ने गर्दछ ।

महायज्ञमा व्यास पण्डित तुलसीराम शास्त्रीको साथमा भारत आयोध्याका विकास शास्त्री, बनारसका श्याम धर, नेपालका पण्डित कृष्णबहादुर शास्त्री र सदानन्द मिश्रको समुहले बाद्यबादनका साथ पुजा पाठ, भजनभाव, किर्तन तथा संगीत कथा बाचन गरिरहेको महायज्ञका संयोजक पण्डित रामप्रताप शास्त्री महाराज जीले गरेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतवार १८:११