सूचनाको शक्ति - The Power Of Information

        

एमालेको १०औँ राष्ट्रिय महाधिवेशन

चितवनमा दुई एआइजीको कमाण्डमा २२ सय सुरक्षाकर्मी, १४ पार्किङस्थल

चितवन । नेकपा (एमाले)को दशौँ महाधिवेशन सुरक्षाका लागि २ हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाको कमाण्ड सम्हालेका नेपाल प्रहरीका अतिरिक्त महारीक्षक (एआईजी) सहकुल थापाले नेपाल प्रहरी र सशस्त्र गरी २ हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

उनकाअनुसार नारायणी किनारको उद्घाटन समारोह र सौराहको बन्दसत्र समारोहस्थल केन्द्रित सुरक्षा योजना लागू गरिएको छ । महाधिवेशनअन्तर्गत १४ वटा पार्किङ स्थलको व्यवस्था गरिएको छ । ‘ट्राफिक म्यानेजमेन्टदेखि सबै राम्रो व्यवस्था गरेका छौं,’ उनले भने, ‘आपटारी, बसपार्क, गैडाकोटलगायत भेगअनुसार १४ वटा ठाउँ तोकिएको छ ।’

छिमेकी जिल्लाबाट पनि जनशक्ति ल्याइएको उनले बताए । उनकाअनुसार नवलपरासी, तालिम केन्द्र, बुटवल दंगा लगायत वरपरका छिमेकी जिल्लाबाट झिकाएको छ । ‘आउने विदेशी तथा स्वदेशी पाहुनाको पनि स्कर्टिङदेखि लिएर आवश्शकताअनुसार प्रटोकोलअनुसार हामी सबै सुरक्षा व्यवस्था गरेका छौं,’ एआईजी थापाले भने ।

उनका अनुसार भीडमा पनि ठाउँठाउँमा पीकेटिङको व्यवस्था छ । दर्शकको व्यवस्था छ । रिजर्व अफ पोइन्ट, कर्डेनहरु राखिएको छ । विमानस्थलमा कर्डन छ । पाटीका स्यवंसेवक छन् । विभिन्न कर्डेनहरु परिचालित छन् । ६०० जति सशस्त्र प्रहरी परिचालित छ । सशस्त्रका एआइजी पुष्पराम केसीले चितवनबाट कमाण्ड गरिरहेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार ०९:२७