सूचनाको शक्ति - The Power Of Information

        

‘बन्यजन्तु ब्यवस्थापन हुने गरी नीति बनाउनुपर्छ’

बाँके । सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय उपाध्यक्ष भीमप्रकाश खड्काले सरकारको नीति अब मानिसको ब्यवस्थापन गर्ने मात्र नभई बन्यजन्तुको समेत उचित ब्यवस्थापन हुने गरी बन्नुपर्ने बताए । उनले अब सरचनात्मक रुपमा सरकार निर्माण भैसकेकले उनीहरुले अब जनावरसहितको निति बनाएमात्र मुलुक समृद्ध बन्ने धारणा राखे ।
मानब बन्यजन्तु द्वन्द ब्यबस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले बन्यजन्तुको संरक्षण जति जरुरी भएकाले त्यस वरिपरिका मानिसको सुरक्षा गर्नु पनि त्यतिकै चुनौतीपूर्ण बनेको बताए । बन क्षेत्र जनताको जिवनसँग जोडिएको हुनाले यसलाई राज्य पक्षले पनि गहनरुपले सोच्नुपर्ने आवश्यक रहेको सहभागीहरुको जोड थियो ।
राज्यले अव बनाउने नीति नियम बनबाट पीडित किसानले सहजै क्षतिपूर्ति पाउने वातावरण मिलाउन उनीहरुले माग गरेका छन् । कार्यक्रममा हरियो बन कार्यक्रमका टिम लिडर शुभाष देबकोटा र वरिष्ठ पत्रकार कृष्णमुरारी भन्डारीले मानव बन्यजन्तु ब्यवस्थापन र राहत सहयोग, नीतिगत, कानूनी र संस्थागत संरचनाका विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका जनावरबाट पीडित स्थानीयहरुको समेत सहभागिता रहेको थियो ।
पीडितहरुले आफूहरुले उचित राहत नपाएको भन्दै आक्रोश पोखेका थिए । केही मात्र राहत दिइने गरे पनि प्रक्रिया झन्झटिलो भएको पीडितहरुको गुनासो रहेको थियो । कार्यक्रममा महासंघका केन्द्रिय सचिव बृख शाही, केन्द्रिय सचिवालय सदस्य ठाकुर भण्डारी लगायत पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारूले आफ्नो भनाईहरु राखेका थिए । सामुदायिक बन उपभोक्ता महासंघ बाँकेका अध्यक्ष डिल्ली गिरीको अध्यक्षता भएको कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७४, आइतवार ११:११