सूचनाको शक्ति - The Power Of Information

        

तुवाँलोका कारण आन्तरिक उडान प्रभावित

काठमाडौं । तुवाँलो र हुस्सुका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् ।

मौसमविद्का अनुसार अहिले  भिजिबिलिटी १५ सय मिटरमा झरेको छ ।

विराटनगर, भरतपुर, भोजपुर, दाङ, राजविराज, सुर्खेत, धनगढी लगायतका क्षेत्रमा उडान रोकिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

तुवाँलो हटेपछि उडान सुरु हुने छ । अहिले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या नरहेको  कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार ०८:४८