सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय थारु कलाकार संघको पहिलो बैठक काठमाडौंमा


भगतराम थारु । बाँके । राष्ट्रिय थारु कलाकार संघको प्रथम बैठक शनिवार काठमाडौंमा सम्पन्न भएको छ । संघको प्रथम बैठकबाट संयोजकमा विनय वैद्य सर्वसम्मत चयन भएका छन् । प्रथम राष्ट्रिय थारु कलाकार संघको पहिलो बैठकले बैद्यको संयोजकत्वमा १७ केन्द्रिय सदस्यीय रहने गरी तदर्थ कमिटि गठन गरेको छ ।
संघको कार्यसमिती सदस्यहरुमा दिपक चौधरी (कैलाली), रोशन रत्गैया (दाङ), विरबहादुर चौधरी (कैलाली), अन्जु चौधरी (दाङ), शुशिला चौधरी (कैलाली), सुनिता दहित (बाँके), विवश चौधरी (बर्दिया), समिक्षा चौधरी (कैलाली) सर्वसम्मत चयन भएका हुन् । यस्तै सल्लाहकारमा नन्द राज चौधरी र रामलाल चौधरी रहेका छन् ।
नवगठित कार्यसमितिले अव हरेक जिल्ला जिल्लामा कार्यसमिति विस्तार गरि थारु कला संरक्षणको जर्गेना गर्न पहल गर्ने कार्यसमितिले निर्णय गरेको छ । बैशाख अन्तिम तिर दाङमा राष्ट्रिय भेलाको आयोजना गरि हजारौ थारु कलाकारहरुको सहागिता गराउने र थारु कला संस्कृति झल्कने खाले सांस्कृतिक कार्यक्रम गर्ने कार्यसमिति सदस्य विवश चौधरीले जानकारी गराए ।


थारु चलचित्रकर्मी, साँगीतिक हस्ती, फेसन डिजाइनर, लेखक, साहित्यकार, विभिन्न कानुनी, राजनितिक र समाजसेवी व्यक्तित्वहरुको समावेशिता र थारु कलाकारिताको मनोबल र स्थान उच्च बनाउनमा कार्यसमितिले पहल गर्ने जनाएको छ । संघले पुर्विया थारु समुदायदेखि लिएर पश्चिमसम्म थारुहरु सम्पूर्णलाई समेट्ने खालको प्रोजेक्ट निर्माणमा समेत पहल र दवाव दिने निर्णय गरेको छ ।
यस्तै कला क्षेत्र भाषा, संस्कृति, संगीत र समुदायको प्रचारप्रसार आफ्नै समुदायमा मात्र सिमित नराखी थारु समुदायसंग सम्बन्ध राख्ने र नराख्ने सबै समुदायमाझ पनि गरिनुपर्ने आवश्यक रहेको संघले कटिवद्ध रहेको जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७४, आइतवार १०:५०