सूचनाको शक्ति - The Power Of Information

        

मंगलवार देखि तुलसीपुर–सल्यान सडक खण्ड बन्द

काठमाडौँ  । मंगलवारदेखि राप्ती राजमार्ग अन्तरगत तुलसीपुर सल्यान सडक खण्ड बन्द भएको छ । सडक मर्मत गर्नुपर्ने भएकाले राम्रीदेखि रोचखोलासम्मको सकड बन्द भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

तर पूर्णरुपमा भने बन्द भएको छैन । ७ गतेदेखि दिन २१ गतेसम्म सडक खण्डमा मर्मतको काम भइरहेकाले तीन चरणमा काम भइरहेको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत अम्मरराज शर्माले बताए ।

विहान ७ बजेदेखि ९ बजेसम्म मर्मतको काम हुने छ । त्यसपछि दुई घण्टा सवारी साधन चल्न पाउनेछन् । र पछि ११ बजेदेखि दिउँसो ३ बजेसम्म काम हुने छ । त्यसपछि दुई घण्टा सवारी सधान चल्नेछन् ।

साँझ ५ बजेदेखि ७ बजेसम्म काम हुने छ । त्यसपछि विहान ७ बजेसम्म सवारी सधान चल्ने प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार १६:४७