सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

एमालेको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् छलफलका विषय

अर्को बैठकले मनोनयन टुंग्याउने

काठमाडौं ।  नेकपा एमालेको स्थायी कमिटी बैठक आज सोमबार बस्दैछ।

बैठक आज अपरान्ह तीन बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा  बैठक बस्न  ​कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

आजको बैठकले महाधिवेशनका लागि ५ प्रतिशत प्रतिनिधी मनोनयनको बारेमा छलफल सुरु गर्ने र महाधिवेशनको तयारीका बारेमा छलफल हुने बताइएको छ।

आजको बैठकले मनोनयनका लागि नाम प्रस्ताव गर्ने र अर्को बैठकले मनोनयन टुंग्याउने छ।  एमालेको विधानमा ५ प्रतिशत महाधिवेशन प्रतिनिधी मनोनित हुने व्यवस्था छ।

जस अनुसार करिब ९५ जना प्रतिनिधी स्थायी कमिटीले टुंगो लगाउने छ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार ०८:३०