बझाङ । कागजपत्र मात्र मिलाएर राहात लिने र बाढीपहिरोले क्षति पु¥याएको भनेर कागजात तयार पार्ने दुबै लाई छानविन गरी कारवाहि गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बझाङले शनिबार एक सुचना जारी गर्दै बाढीपहिरोमा परेर घरमा कुनै क्षति नभएको तर वडा कार्यालय र प्रहरी मुचुल्का बनाई पिडीत बनी राहात लिएको समाचार संचार माध्यममा आएपछि ध्यानाकर्षण भएको जनाएको छ ।
बाढीपहिरोमा परि पुर्णरुपमा घरमा क्षति भएका र मृत्यु भएका व्यक्तिहरुको परिवारलाई जग्गाधनी लालपुर्जा, वडा कार्यालयको सिफारिस, प्रहरी मुचुल्का र बाढीपहिरोमा परि भएको क्षतिको फोटो लगायतका कागजातका आधारमा राहात वितरण गरेको जनाउदै जिल्ला प्रशासन कार्यालयले राहातका लागी बदमासी गरि फाईल तयार पारेको समाचारमा आएकाले छानविन गरि कारवाहि गरिने जनाएको छ ।
विपद व्यवस्थापन कोष मार्फत बाढीपहिरोले विस्थापित पीडितका लागि सरकारद्वारा वितरित राहतमा व्यापक अनियमितता भएको देखिएको छ ।
जिल्ला प्रशासन कार्यालयले गएको मंगलबार साँझ सार्वजनिक गरेको राहत पाउनेहरूको सूचीमा पीडितहरूभन्दा गैरपीडितहरूको नाम धेरै भेटिएको थियो ।
वास्तविक पीडितले अहिलेसम्म राहत नपाएको तर क्षति नै नभएकाहरूले जिल्ला प्रशासनबाट राहत बुझेको सूचीमा भेटिएको थियो ।
।