सुर्खेत । नेपाली कांग्रेसको प्रदेश सभा अधिवेशन अन्तर्गत सुर्खेतका चारवटै निर्वाचन क्षेत्रको पार्टी नेतृत्व संस्थापन पक्षले लिएको छ।
शनिबार भएको निर्वाचनबाट देउवा समूहले नेतृत्व लिएको हो।
प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) मा केशर वली, (ख) मा भुपेन्द्र सुवेदी सभापतिमा चयन भएका छन्।
प्रदेश सभा निर्वाचन क्षेत्र २ (क) मा कर्णबहादुर बुढा, (ख) मा तेजबहादुर बस्नेत सभापति चयन भए। बस्नेत बराहताल गाउँपालिकाका अध्यक्ष पनि हुन् ।
प्रदेश सभामा संस्थापन पक्षबाट प्यानल नै विजयी भएको हो।
।