बाँके । नेपालगन्जमा संचालित सातौं धारा नेपालगन्ज म्याराथनको २१ किलोमीटर दुरीको हाफ म्याराथन दौडको प्रथम स्थान धादिङकी सन्तोषी श्रेष्ठले हात पारेकी छिन ।
श्रेष्ठले उक्त दुरी १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पार गरेकी हुन ।
त्यसैगरी, द्वितीय स्थानमा एपिएफकी पुष्पा भण्डारी भएकी छिन । उनले उक्त दुरी १ घण्टा १९ मिनेट १८ सेकेन्डमा पार गरेकी हुन ।
सुर्खेतकि बिन्दु हमाल तेस्रो भएकी छिन । उनले १ घण्टा ३६ मिनेट ३९ सेकेन्डमा सो दुरी पार गरिन ।
।