सूचनाको शक्ति - The Power Of Information

        

देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भागमा आज वर्षा र हिमपात हुने भएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।

वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका भू–भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू–भागहरू आंशिकदेखी सामान्य बदली रहने छ । आज राति देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका भू–भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू–भागहरू आंशिक सामान्य बदली रहने छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावान रहेको छ । काठमाडौंको आज बिहान ६ बजेको तापक्रम ११.१ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजे ११.१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो । काठमाडौंमा आज दिनभर मौसमा बदली हुने छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार ०८:४७