सूचनाको शक्ति - The Power Of Information

        

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएकोमा बिहीबार २०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएको हो ।

बिहीबार छापावाल सुन प्रति १० ग्राम ८१ हजार २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ८० हजार ५९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।  बिहीबार चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको छ ।

बुधबार पनि सोही मूल्य कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ९७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार १६:४६