सूचनाको शक्ति - The Power Of Information

        

विश्वभर थप ५ लाख बढी कोरोना संक्रमित थपिए

काठमाडौं । विश्वभर थप ५ लाख बढी कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ५ लाख ७३ हजार ९२८ जनामा संक्रमण पुष्टि भएको छ ।

थपिनेमा अमेरिकामा ९८ हजार ९६५, बेलायमा ३८ हजार २६३, रुसमा ३६ हजार ६२६, टर्कीमा २३ हजार ८६७, फ्रान्समा २० हजार २९४ र ब्राजिलमा ११ हजार ९७७ जना छन् ।

यही अवधिमा ४ लाख ६७ हजार ९४३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७३३ संक्रमितको मृत्यु भएको छ ।

अमेरिकामा एक लाख १५ हजार ७२०, बेलायतमा ४० हजार ५६९, रुसमा ३६ हजार ३८८, टर्कीमा २८ हजार ५४३, ब्राजिलमा १७ हजार ५३३ र फ्रान्समा ६ हजार ४१४ जना कोरोनामुक्त भएका हुन् ।

मृत्यु हुनेमा पनि अमेरिकामा सबैभन्दा धेरै एक हजार ३०९, रुसमा एक हजार २४७, ब्राजिलमा ३७४, टर्कीमा २२९, बेलायतमा २०१ र फ्रान्समा ५० जना छन् ।

यससँगै विश्वभर कुल संक्रमितको संख्या २५ करोड ५६ लाख ६८ हजार ६४४ पुगेको छ भने तीमध्ये २३ करोड १० लाख ५७ हजार १३१ जना निको भइसकेका छन् ।

हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५१ लाख ३७ हजार ७७१ पुगको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार ०८:३९