सूचनाको शक्ति - The Power Of Information

        

बैतडीमा आज र भाेलि सार्वजनिक बिदा

बैतडी । जात्राका लागि बैतडीमा दुई दिन सार्वजनिक बिदा दिइएको छ ।

जिल्लाको मेलौली भगवती मन्दिरमा भव्य जात्रा लाग्ने भएकाले आज र भोलि दुई दिन मेलौली नगरपालिकाले बिदा दिने निर्णय गरेको हो ।

बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय, वित्तीय संस्थालगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा बैतडीका साथै छिमेकी देश भारतबाट पनि दर्शनार्थी आउने गर्छन् ।

यस्तै दशरथचन्द नगरपालिकाले पनि आज एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको गढीमा प्रसिद्ध जगन्नाथ मन्दिरमा कात्तिक शुक्ल चतुर्दशीका दिन आज जात्रा लाग्ने भएकाले बिदा दिइएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार ०८:३६