काठमाडौं । देशभर पछिल्लो समय ९ हजार ६ सय ६ जनाको कोरोना परीक्षण गर्दा थप तीन सय ६ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।
योसँगै मृत्यु हुनेको संख्या ११ हजार चार सय ७७ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै,तीन सय ४८ जना कोरोनामुक्त भएका छन्। हाल देशभर ७ हजार दुई १५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
।