काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएपछि अस्पताल गएका छन्।
सामान्य रुघा खोकीसहितको समस्या देखिएपछि स्वास्थ्य परीक्षणका लागि मेडिसिटी अस्पताल ललितपुर गएको प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। अहिले उनको स्वास्थ्य परीक्षण जारी रहेको उनले बताए।
पछिल्लो केही दिनको दौडधुपको कारणले स्वास्थ्यमा समस्या देखिएको भएपनि अहिले अवस्था सामान्य रहेको उनको भनाइ छ। अस्वस्थ भएपछि आज महोत्तरी जाने कार्यक्रम स्थगित गरेर उनी घरमै आरामा गरिरहेका थिए।
।