सूचनाको शक्ति - The Power Of Information

        

प्रधानन्यायाधीश जबराले घरबाटै गठन गरे इजलास

काठमाडौं । नेपाल बार एसोसिएसनको निषेध आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुद्दा सुनुवाइका लागि इजलास गठन गरेका छन् । राजीनामा माग्दै सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने नेपाल बारको घोषणापछि जबराले बालुवाटारस्थित सरकारी निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेका हुन् ।

नेपाल बारको नेतृत्वमा प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिन कानुन व्यवसायीहरू यतिबेला सर्वोच्च अदालतको मुल गेटमा धर्नामा छन् । तर, जबराले भने बालुवाटास्थित प्रधानन्यायाधीश निवासबाटै आठ वटा इजलास गठन गरेर २२३ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् । उनले आफूबाहेकका आठ वटा संयुक्त इजलास गठन गरेका छन् ।

जसमा दीपककुमार कार्की र कुमार चुडाल, मीरा खड्का र प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्कीर विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र सुस्मलता माथेमा, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदी तथा तेजबहादुर केसी र कुमार रेग्मीका संयूक्त इजलास इजलास छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार ११:१३