सूचनाको शक्ति - The Power Of Information

        

कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहद्वारा कैलाली बन्द


कैलाली । घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई आक्रमण गर्ने कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको बिरोधमा विप्लव नेतृत्वको नेकपाले शनिबार कैलाली जिल्ला बन्द गरेको छ । बन्दका कारण यातायातका साधन चलेका छैनन् भने बजार पनि बन्द छन् ।
गाडी नचल्दा यात्रुहरु मर्कामा परेका छन् । गत फागुन २८ गते मेयर चौधरीलाई उनकै घरमा विप्लवका कार्यकर्ताहरुले खुकुरी र गोली हानेका थिए । चौधरीको काठमाडौंमा उपचार भइरहेको छ । मेयर चौधरीलाई आक्रमण गरेको आरोपमा विप्लव समूहका चार जना पक्राउ परेका छन् ।
प्रहरीले घोडाघोडी नगरपालिका १ लक्ष्मीपुर बस्ने ४० वर्षीय कमल क्षेत्री, वडा नम्बर ९ बस्ने ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय पुर्णप्रसाद खनाल र टिकापुर नगरपालिका १ का ३० वर्षीय हृदयराज बोगटीलाई पक्राउ गरेको हो । यद्यपि विप्लव समूहका कैलाली इन्चार्ज महान र सेक्रेटरी अमरले संयुक्त विज्ञप्ति निकालेर चौधरीमाथि भएको आक्रमणमा नेकपाको संलग्नता नभएको दावी गरेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार ०३:१२