सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा जिपको ‘प्रिमियम’ सोरुम

काठमाडौं । नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले नेपालमा नयाँ सोरुम सुरु गरेको छ। गजानन अटो ट्रेडिङले सञ्चालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिने कम्पनीले दावी गरेको छ।

पश्चिम नेपालको पहिलो जिप सोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य संघ नेपालगञ्जका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गरेका हुन्।
उक्त अवसरमा उनले प्रतिष्ठित जिप ब्रान्ड पश्चिम नेपालको अटोमोबाइल बजारमा आउनु ठूलो कोशेढुंगा भएको बताए।

एमएडब्लु ग्रुपका प्रमुख महानिर्देशक चिरञ्जीवी शाहले तीन वर्षअघि नेपालमा औपचारिक रुपमा भित्रिएदेखि नै पश्चिम नेपालका ग्राहकले जिप सोरुमको अपेक्षा गरिरहेको र उहाँहरुको अपेक्षा पूरा गर्न पाउँदा निकै खुसी महसुस भएको बताए। ‘हामीलाई आशा छ यो डिलरसिपले जिप परिवारमा आवद्ध हुन चाहने ग्राहकलाई सहज बनाउनेछ’, उनले भने।

जिप ब्रान्डको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर एमएडब्लु लाइफले देशभर बिक्री तथा बिक्रीपछिको सेवा सञ्जाल बढाउँदै लग्ने नीति लिएको छ। जिपले यसै आर्थिक वर्षमा पाँच अन्य स्थानमा सोरुम र सर्भिस आउटलेट सुरु गर्ने कम्पनीले जनाएको छ। जसले महत्वपूर्ण भौगोलिक क्षेत्र र ‘कस्टमर बेस’ लाई कभर गर्नेछ।

जिपले ‘रोडसाइड असिस्ट्यान्स’सहित चौबीसै घन्टा र ३६५ दिन सेवा दिइरहेको बताएको छ।

गजानन अटो ट्रेडिङका प्रबन्ध निर्देशक कुबेर सोनीले नेपालगञ्जका ग्राहकलाई सबैभन्दा बढी विश्वास गरिएको अटोमोबाइल ब्रान्ड र प्रिमियम कस्टमर एक्सपिरियन्स दिन पाउँदा आफू निकै उत्साहित भएको बताए।

गत असारमा नयाँ जिप कम्पास सार्वजनिक गरेपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जिप ब्रान्डले उल्लेखनीय प्रदर्शन गर्दै आएको छ। यो गति पूरै वर्ष कायम हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार ०८:०१