सूचनाको शक्ति - The Power Of Information

        

पूर्वराजा शाहले लगाए बहिनी शोभाको हातबाट टीका

काठमाण्डाै। पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् ।

टीकाको शुभ साइत ११ बजेर ०२ मिनेटमा भएपनि ११ बजेर ५३ मिनेटमा पूर्वराजा ज्ञानेन्द्रले बहिनी शाहीको हातबाट भाइटीका लगाएका हुन्।

पूर्वराजाले आफ्ना ज्योतिषले दिएको साइतको समय अनुसार टीका लगाउने गरेका छन् । पूर्व राजा शाह भाइटीका लगाउन बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा पुगेका थिए

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार १६:५५