सूचनाको शक्ति - The Power Of Information

        

एमसीसी पास गर्छाैँ भनेर चिठी लेखेकाे हाेइन, थप समय मागिएकाे हाे : प्रचण्ड

काठमाण्डाै। पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्छाैँ भनेर चिठी नलेखेको बताउनुभएको छ ।

हिजो बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्छाैँ भनेर प्रचण्ड र आफूले चिठी लेखेको बताउनुभएको थियो । त्यही भनाइकाे खण्डन गर्दै अध्यक्ष प्रचण्डले पारित गर्छाैँ भनेर चिठी नलेखेको स्पष्टीकरण दिनुभएको हो ।

आफ्नै निवासमा आएको देउसी/भैलो टोलीलाई सम्बोधन गर्दै उहाँले एमसीसीका लागि राष्ट्रिय सहमति नबनाइ पारित गर्न नसकिने भन्दै थप समयका लागि चिठी लेखेको बताउनुभयो ।

फरक प्रसङ्गमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेको सत्ता गठबन्धन चुनावसम्मै जाने र चुनावमा सकेसम्म तालमेल गरिने बताउनुभयो । हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले पनि चुनावसम्म गठबन्धन रहन्छ भन्नुभएको स्मरण गराउँदै उहाँले चुनावमा सकेसम्म तालमेल गरेर जाने बताउनुभयो ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार १९:३६