सूचनाको शक्ति - The Power Of Information

        

सिद्धान्त र आदर्शमा कांग्रेस विजयी : कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले कम्युनिष्टहरु नेपाली कांग्रेसको सिद्धान्त र आदर्शमा आएकाले उनीहरु कांग्रेसको प्रतिद्वन्द्वी नभएको बताए । आज भएको कार्यक्रममो लोकतन्त्रलाई अझ सुदृढीकरण र बलियो बनाउनको लागि चरित्रमा कांग्रेसले सुधार गर्दे लैजाने पनि बताए । निर्वाचनमा कांग्रेस पराजय भए पनि आफ्नो सिद्धान्त, आदर्श र मुलुकलाई निकास दिने काममा कांग्रेस बिजयी भएको दावी गर्नुभयो । नयाँ सरकारले राज्य सन्तुलन गुमाउदै गएको भन्दै चौतर्फी रुपबाट राज्यलाई लुलो लंगडो बनाउने प्रयास भई रहेको आरोप लगाउनुभयो । राज्यको शक्ति सन्तुलन क्षयीकरण हुने क्रममा रहेको भन्दे उहाँले कांग्रेसले यसलाई रोक्न पहल लिने बताउनुयो ।
नेपाली कांग्रेस भित्र सुधार गर्नु पर्ने धेरै कुरा रहेको भन्दै सिटौलाले कांग्रेसमा नयाँ मार्गचित्रको आवश्यकता रहेकोमा जोड दिए । कांग्रेस अरुले दिएको घरमा नबस्ने भन्दै आफ्नो शैलीमा आफ्नै घरमा बस्ने बताए ।
नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले राज्यका सबै निकायमा हस्तक्षेप गरे प्रतिकारमा उत्रने चेतावनी दिए । कांग्रेसभित्र समय सापेक्ष परिवर्तनको लागि आफूहरुले पहल गरी रहेको पनि बताएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार १५:३२