काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताईरीबीच पहिलो पटक औपचारीक भेट भएको छ । थप तीन वर्षका लागि नेपाली टिमको प्रशिक्षकका रुपमा नेपाल फर्किएका अल्मुताईरीको स्वागतमा खेलकुद मन्त्रालयले आइतबार विशेष कार्यक्रमको आयोजना गरेको थियो ।
सिंहदरबारस्थित मन्त्रालयमै आयोजना गरिएको कार्यक्रममा खेलकुद मन्त्री अथकले अल्मुताईरीलाई दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गरे । नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन अल्मुताईरीले पुर्याएको योगदान अतुलनिय रहेको भन्दै मन्त्री अथकले आगामी दिनमा समेत गोर्खाली स्प्रिडलाई कामय राख्दै काम गर्न आग्रह गरे ।
मन्त्री अथकले अल्मुताईरीको आगमनपछि नेपाली खेलकुद क्षेत्रमा तरङ्ग उत्पन्न भएको र यसले विशेषगरी नेपाली फुटबलमा बेग्लै आशा जागेको बताउँदै गोर्खाली स्प्रिडलाई कायम राख्दै अगाडी बढ्न आग्रह गरेका छन् । विगतमा केही समस्या देखिएता पनि त्यसलाई चिर्दै अल्मुतारीलाई पुनः नेपाल फर्काउन सफल भएको भन्दै मन्त्री अथकले खुसी ब्यक्त गरे ।
‘तपाईले नेपाली फुटबलमा मात्र नभई सिङ्गो खेल क्षेत्रलाई तरङ्गीत बनाउनुभएको छ,’ मन्त्री अथकले भने, ‘नेपाली फुटबल खेलाडीलाई गोर्खाली शैलीमा खेल्न प्रोत्साहित गरेर फुटबल विकासमा नयाँ आश जगाउनुभएको छ । सरकार तपाईको साथमा छ, ढुक्क भएर काम गर्नुहोस् ।’ स्वागतपछि प्रतिक्रिया दिदैं अल्मुतारीले नेपाल र नेपालीहरुको मायाले आफु पुनः नेपाल फर्किएको बताए ।
आजको दिन आफ्नो जिवनकै अविष्मरणीय क्षण भएको बताउँदै अल्मुतारीले नेपालले आफुलाई धेरै माया दिएको बताए । नेपालको खेलका दौरान तथा आफु माल्दिभ्समा रहँदा समेत खेलकुद मन्त्रीले आफुलाई निरन्तर टेलिफोन गरेर हौसला प्रदान गरेको र नेपाल आएलगत्तै मन्त्रालयमा बोलाएर स्वागत गरेकोमा अल्मुताईरीले मन्त्री अथक र मन्त्रालय प्रति आभार ब्यक्त गरे ।
माल्दिभ्स बसाईको क्रममा बिभिन्न देशले ठुलो रकममा आफुलाई प्रशिक्षकका लागि प्रस्ताव गरेपनि नेपालीहरुको मायाँ सम्झिएर आफु पुनः नेपाल फर्किएको बताउ“दै अल्मुताईरीले भने, ‘मायाभन्दा ठुलो कुरा पैसा होइन ।’ स्वागत कार्यक्रममा मन्त्रालयका कर्मचारी र एन्फाका पदाधिकारीहरुको समेत उपस्थितिमा रहेको थियो । शनिबार नेपाल फर्किएका अल्मुतारीको थप तीन वर्ष नेपालका लागि फुटबल प्रशिक्षकका रुपमा काम गर्नेछन् ।
।