सूचनाको शक्ति - The Power Of Information

        

अछाम–धनगढी हवाइ भाडा घट्यो

अछाम । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको छ । निगमले अछाम–धनगढी उडानमा १ हजार २५ रुपैयाँ भाँडा घटाएको हो ।

अब भाडादर २ हजार ८८५ कायम गरिएको नेपाल एयरलाइन्स धनगढी–अछामका सम्पर्क व्यक्ति कृष्ण कुँवरले बताए । यसअघि अछाम–धनगढी हवाइ भाडा ३ हजार ९१० रुपैयाँ थियो । नयाँ भाडादर आज सोमबारबाट लागू हुनेछ । समिट एयरको भाडादर भने पूरानै अर्थात् ३ हजार ५५० रुपैयाँ कायम रहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार ०७:२३