सूचनाको शक्ति - The Power Of Information

        

एमाले महाधिवेशन : को–को छन् १२ वटा समितिमा ?

काठमाडौं । नेकपा एमालेले १०औं महाधिवेशनका लागि १२ वटा समिति बनाउने निर्णय गरेको छ ।

एमालेको आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशन स्थल र तयारीबारे जानकारी गराएका थिए । महाधिवेशनका लागि विभिन्न समितिका संयोजकहरू यसप्रकार छन् ।

  • प्रतिनिधि व्यवस्थापन – संगठन विभाग
  • जनपरिचालन – सुरेन्द्र पाण्डे
  • प्रचारप्रसार – योगेश भट्टराई
  • सांस्कृतिक – रघुजी पन्त/वी ज्ञवाली
  • आर्थिक – विष्णु रिमाल
  • स्वास्थ्य – भानुभक्त ढकाल
  • मञ्च व्यवस्थापन – शेरबहादुर तामाङ
  • अतिथि सत्कार – राजन भट्टराई
  • आवास व्यवस्थापन – कृष्णभक्त पोखरेल
  • स्वयंसेवक परिचालन – विनोद श्रेष्ठ
  • यातायात व्यवस्थापन – काशीनाथ अधिकारी
  • खाद्य व्यवस्थापन – कपिल पोखरेल/पार्वती रावल

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार १४:४५