सूचनाको शक्ति - The Power Of Information

        

बार परिसरमै दुई वकिलबीच कुटाकुट

काठमाडौं । नेपाल बार एसाेसिएशन परिसरमा आज शुक्रवार दुई वकिलबीच कुटाकुट भएकाे छ ।

इजलास बहिष्कारकाे विषयमा दुई कानुन व्यवसायीबीच विवाद हुँदा कुटाकुट भएकाे हाे । वकिलद्वय भूमिनन्द चुडाल र विराट न्याैपानेबीच कुटाकुट भएकाे हाे ।

अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरिररहेका छन् । यसै विषयमा विवाद हुँदा दुई वकिलबीच कुटाकुट भएको हो ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार १८:५०