काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठकले साढे चार सय महाधिवेशन प्रतिनिधि थप्ने निर्णय गरेको छ ।
बिहीबार बसेको स्थायी कमिटीले १५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णयसहित गरेको प्रस्तावमा आज बसेको केन्द्रीय समितिमा छलफल भएको थियो ।
छलफलमा केन्द्रीय सदस्यहरुले बढाउनुपर्ने सुझाव राखेपछि ४६३ प्रतिनिधि थपिएको हो । थपिएको संख्यासँगै प्रतिनिधिको संख्या १ हजार ९९९ पुगेको छ ।
‘स्थायी कमिटीबाट १५ सयभन्दा बढी प्रतिनिधि प्रस्ताव भएको थियो,’ प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘केन्द्रीय सदस्यहरुले बढाउनुपर्छ भनेर सुझाव दिनुभएको छ । सुझावअनुसार प्रतिनिधि संख्या अब १ हजार ९९९ हुनेछ ।
करिब ४ सय बढी सदस्य थप्ने निर्णय भएको छ ।’
।