सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारी ७ आज बालबिवाहमुक्त घोषणा हुँदै

बाँके । राप्तीसोनारी गाउँपालिका वडा नं ७ लाई आज औपचारिक रुपमा बालबिवाहमुक्त वडा घोषणा गरिँदै छ ।

वडाले बालबिवाहमुक्त वडा घोषणा गर्न अपनाउनुपर्ने सबै मापदण्ड पुरा गरेकाले आज घोषणा गर्न लागेको राप्तीसोनारी गाउँपालिका वडा नं.७ का वडाध्यक्ष रामलखन थारुले जानकारी दिए ।

यहाँ थारु, मधेसी, मुस्लिम, पहाडी समुदायको बसोबास रहेकोले राप्तीसोनारीको वडा नं. ७ का ती समुदायमा बालबिवाह गर्ने प्रचलन छ । यद्यपी अहिले मधेसी तथा मुस्लिम समुदायमा बालबिवाह गर्ने प्रचलनमा धेरै कमी आएको वडाध्यक्ष थारु बताउँछन् ।

विभिन्न जातजाती र भाषाभाषीसँगै विविधताले भरिएको बताउँदै वडाध्यक्ष थारुले भने, ‘पछिल्लो समयमा यस वडामा बालबिवाह गर्ने प्रचलन धेरै घटिसकेको छ, यो सकारात्मक पक्ष हो ।’ बालबिवाहमुक्त वडा घोषणा हुनेमा यो वडा गाउँपालिकाभित्र दोस्रो नम्बरमा पर्नेछ ।

यसअघि राप्तीसोनारी ३ मा बालबिवाहमुक्त वडा घोषणा गरिएको थियो । प्लान, स्याक नेपाल लगायत संघ संस्थासँगको सहकार्य तथा समन्वयमा वडालाई बालबिवाहमुक्त घोषणा गर्न लागिएको हो ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार १०:३१