बाँके । बाँकेमा बुधवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
४१ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा २५ नमुना परीक्षण गर्दा ४ जना, मेडिकल कलेज कोहलपुरमा ५ नमुना परीक्षणल गर्दा ३ जना र बागेश्वरी ल्यावमा ११ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
बुधवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३९१ पुगेको छ ।
यस्तै बुधवार थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ४ पुगेको छ । यस्तै ७ जना सिकिस्त र ९ जना मध्यम विरामीको उपचार भईरहेको छ भने ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ।
।