सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाबाट बाँकेमा एक महिलाको मृत्यु

बाँके । कोरोना भाइरस संक्रमणबाट बाँके खजुराकी एक महिलाको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका–३ की ४८ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा भेरी अस्पतालमा मंगलावर विहान ८ बजेतिर मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिले जनाएको छ ।

योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३३८ पुगेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलवार १७:५१