सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

फागुनमा सकिँदैछ राष्ट्रियसभाका २० सांसदको कार्यकाल (नामसहित)

काठमाडौं । राष्ट्रियसभाका २० सांसद चार वर्षको कार्यकाल पूरा गरेर फागुन २१ मा बिदा हुँदैछन् । २०७५ असार ४ गते गोलाप्रथामार्फत् चार वर्षे अवधि कायम भएका सांसदहरूको पदावधि सकिन लागेको हो ।

जसमा नेकपा एमालेका सांसदहरू अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनाकला ओझा, पर्शुराम मेघी गुरुङ, रामलखन चमार, सुमनराज प्याकुरेल रहेका छन् । नेकपा (एकीकृत समाजवादी) का उदयाशर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्ति कुमारी अधिकारी जिशी, शेरबहादुर कुँवरको पदावधि पनि सकिन लागेको छ ।

उता, नेपाली कांग्रेसबाट दृगनारायण पाण्डेय, तारादेवी भट्ट, राधेश्याम अधिकारीले पनि सोही मितिबाट बिदा लिनेछन् । पाण्डेय चन्द्रबहादुर खड्काको स्थानमा यही जेठ १७ गतेको उपनिर्वाचनबाट राष्ट्रिय सभामा प्रवेश गरेका थिए । नेकपा माओवादी केन्द्रका खिमकुमार बिक, जीवन बुढा, दिनानाथ शर्मा, शशीकला दाहाल छन् ।

त्यस्तै मनोनिततर्फ रामनारायण बिँडारीको पनि पदावधी सकिँदैछ । ती २० सांसदको पद सकिन लागेपछि सरकारले निर्वाचनको मिति छिट्टै तोक्ने तयारी गरेको छ । आज निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति तय हुने बताएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार १७:५६