सूचनाको शक्ति - The Power Of Information

        

जाम्बियाका फोटोग्राफरले खिचेको त्यो हृदयविदारक तस्वीर

एजेन्सी । केही दिनयता सामाजिक सञ्जालमा एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । तस्वीरमा एउटा चितुवाले मुखमा मृत बाँदर झुण्ड्याइरहेको छ । बाँदरको मृत शरीरमा उसको बच्चा टाँसिएको देखिन्छ ।

यस हृदयविदारक क्षणलाई क्यामरामा कैद गर्ने व्यक्ति पूर्वी अफ्रिकामा रहेको जाम्बियाका वन्यजन्तु फोटोग्राफर शफीक मुल्ला हुन् । उनले उक्त फोटो अक्टोबर १४ मा जाम्बियाको दक्षिणमा अवस्थित लुआङवा राष्ट्रिय निकुञ्जमा खिचेका हुन् ।

‘प्रकृति सधैँ सुन्दर नहुन सक्छ । र, यो तस्वीरले पक्कै पनि जीवनको क्रुर वास्तविकता देखाउँछ,’ शफीकले भनेका छन्, ‘दीर्घकालीन वातावरण कायम राख्न, एउटा प्रजाति मरेर अर्कोलाई बचाउनुपर्छ ।’

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार १०:२३