माओवादी केन्द्रका कार्यकर्तालाई एमालेको वडाध्यक्ष बनाएपछि…
।
काठमाडौं । नेकपा (एमाले)को शनिबार ६ हजारभन्दा बढी वडामा अधिवेशन भयो । अधिवेशनमा फरक दलका नेताहरूलाई समेत कमिटीमा राखिएको पाइएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर–४ मा नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता रुद्रप्रसाद सापकोटा एमालेको वडाध्यक्ष चयन भएका छन् ।
उनले शनिबार नै एक वक्तव्य जारी गर्दै एमालेका जिम्मेवार व्यक्तिहरूले आफूलाई बोलाएर काम छ भनी वडाध्यक्ष बनाएको दाबी गरेका छन् । एमालेमा आफ्नो आस्था नरहेको भन्दै उनले उक्त पद अस्वीकार गरेका छन् । उनले माओवादी केन्द्रको सदस्यता यसअघि नै नवीकरण गरेको पनि उल्लेख गरेका छन् ।
।