सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतबाट काठमाडौँ आउँदै गरेको बसमा आगलागी

काठमाडौं । सुर्खेतबाट काठमाडौँ आउँदै गरेको बसमा आगलागी भएको छ ।

आइतबार राति २ बजे धादिङको गजुरीमा गुडिरहेको बसमा आगलागी भएको हो ।

इलेक्ट्रिक सट भएर ना ६ प १४७१ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार बसको अधिकांश भाग जलेको र बाहिर निकाल्न नसक्दा केही यात्रुका लगेज पनि जलेका छन् । यात्रुबाहक बस आगलागीमा मानवीय क्षति भएको छैन ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतवार ०७:५१