बाँके । बाँकेमा बिहीवार थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
तीन वटा प्रयोगशालामा १४३ नमुना परीक्षण गर्दा थप ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा ६० नमुना परीक्षण गर्दा ५, मेडिकल कलेज कोहलपुरमा ६६ नमुना परीक्षण गर्दा ३ जना र बागेश्वरी ल्यावमा १७ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ ।
बिहीवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३५५ पुगेको छ ।
यस्तै बिहीवार थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९७४ पुगेको छ ।
।