सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा मंगलवार थपिए ९ जना कोरोना संक्रमित, ४ जना डिस्चार्ज

डिस्चार्ज हुनेको संख्या १७ हजार ९५३

बाँके । बाँकेमा मंगलवार थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८१ नमुना परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा ३६ नमुना परीक्षण गर्दा ४, मेडिकल कलेज कोहलपुरमा २३ नमुना परीक्षण गर्दा ४ जना र बागेश्वरी ल्यावमा २२ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ ।

मंगलवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३५१ पुगेको छ ।

यस्तै मंगलवार थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९५३ पुगेको छ । अस्पतालमा उपचाररतमध्ये ४ जना भेन्टिलेटरमा छन् ।

५ जना सिकिस्त बिरामी छन भने २२ जना मध्यम खाले बिरामी रहेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार १७:३८