सूचनाको शक्ति - The Power Of Information

        

नदी तथा खोला तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङले नदी तथा खोला तटिय क्षेत्र र पहिरोको जोखिम रहेकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले हाल भारतको आन्द्र प्रदेश तथा ओडिसा क्षेत्र आसपास रहेको न्युन चापिय प्रणाली र विकसित हुँदै गएको पश्चिमी वायुका कारण बुधबारसम्म मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेकाले बाढी पहिरो जोखिम रहेको हुँदा सतर्कता अपनाउन आग्रह गरेको हो ।

निरन्तरको वर्षातका कारण बझाङका सेती नदी, बाहुली खोला, कालंगा नदी, सुनी खोला लगायतका सानाठूला खोलामा पानीको बहाब बढेको छ ।

 

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार ०९:५९