सूचनाको शक्ति - The Power Of Information

        

बडादसैं २०७८

भारतसँग भिड्नुअघि नेपाली टोलीले मनाए विजयादशमी

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको निधारमा रातो टीका र जमरा

काठमाडौं । साफ च्याम्पियनसीप खेल्न माल्दिभ्स पुगेको नेपाली फुटबल टोलीले आज उतै विजयादशमी मनाएका छन् । खेल अफिसिल, प्रशिक्षक र खेलाडीहरुले टीका र जमरा लगाएर विजयादशमी मनाएका हुन् ।

त्यसक्रममा नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी लगायत खेल अफिसियलहरुले समेत टीका लगाएका थिए । भोलि (शनिवार) नेपालले साफको फाइनल खेलमा भारतको सामना गर्दैछ । पहिलोपटक साफ फाइनलमा पुगेको नेपाली टोलीले उपाधि जित्ने कामनासहित आज विजयादशमीको टीका ग्रहण गरेका हुन् ।

तस्वीरहरु : एन्फाको फेसबुक पेजबाट

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार १७:२१