बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता चन्द्रबिक्रम चन्द ‘बिरजंग’को निधन भएको छ । बिरजंग नेकपाका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’का सहोदर जेठा दाजु हुन् ।
लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेका बिरजंगको भारतको दिल्लीस्थित म्याक्सीस अस्पतालमा शुक्रबार विहान निधन भएको नेकपा श्रोतले बताएको छ । जनयुद्ध कालमा तत्कालिन नेकपा माओवादीको पर्वत र बाग्लुङको इन्चार्जको जिम्मेवारी निर्वाह गरेका बिरजंग पछिल्लो समय विप्लवले नेतृत्व गरेको नेकपाका केन्द्रीय सदस्य थिए ।
केही महिनाअघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका बिरजंग कारागारमा रहदासमेत पटक–पटक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए । कपिलबस्तुको शिवराज गढीका स्थायी बासिन्दा ६१ बर्षिय बिरजंगका दुई छोरा र एक श्रीमती छन् । विरजंगको शुक्रबार नै कपिलबस्तुको शिवराजगढीमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।
।